Questions ?    01- 4596122

Importance Of Typing

  •   02 Jan, 2023
  •   Cambridge

Importance Of Typing

Importance Of Typing

टाइपिङ को महत्व

Cambridge Infotech मा  Computer Training गर्ने भाई बहिनीहरुलाई हाम्रो सुझाप भनेको नेपाली अंग्रेजी टाइपिङ मा राम्राे दखल राख्‍नुहोस्। हाम्राे १५ बर्षको अुनभवमा जस्ले टाइपिङ राम्रो गर्नु भएकाे छ उहाँहरुले बेरोजगार भएर बस्‍नु परेकाे छैन ।  वर्तमान परिपेक्ष्यमा प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिको युगमा हामी विभिन्न कामको लागि कम्प्युटर वा ल्यापटपको प्रयोग गरिरहेका हुन्छौं । यसरी कम्प्युटरको प्रयोग गरिरहँदा टाइपिङलाई विशेष ध्यान दिइन्छ । अझ भनौं कम्प्युटरको एउटा अमूल्य कलाको रूपमा टाइपिङलाई लिइन्छ । आउनुहोस्, आज हामी यस शृंखला अन्तर्गत रहेर तपाईँलाई टाइपिङ सिक्नका लागि उपयोगी वेबसाइटहरुका बारेमा जानकारी दिदैछौं । कम्प्युटरमा टाइपिङ सिक्नका लागि टाइपिङ क्लब (TypingClub), टाइपिङ डटकम (typing.com), निट्रोटाइप (NitroType), रेटाटाइप (Ratatype), क्येबर डटकम (Keybr.com) जस्ता वेबसाइटहरू उपलब्ध छन् तर आज हामी तपाईंलाई typing.com को बारेमा जानकारी दिन लागेका छौं ।

यसका लागि सबैभन्दा पहिले कुनै पनि ब्राउजर खोल्नुहोस् र typing.com मा गई साइन अप गर्नुहोस् ।  अब त्यहाँ तपाईले बिगिनर, इन्टरमिडियट वा एडभान्स आफ्नो क्षमता अनुसार सेलेक्ट गरी स्टार्टमा क्लिक गरी भिडियो हेर्दै टाइपिङ अभ्यास गर्न सक्नुहुनेछ । यसको प्रीमियम भर्सन पनि उपलब्ध छ । तपाईले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नुहुने छ । मुख्यतः यहाँ ‘कि’ हरुलाई विभिन्न भागमा विभाजन गरी अभ्यास गराइने छ र सिकाइलाई मनोरञ्जनपूर्ण बनाउन यहाँ भिडियो गेमहरु र आकर्षक भिडियोहरू पनि समावेश गरिएको छ ।प्रत्येक ‘कि’ को अभ्यासपछि त्यसको प्रतिवेदन स्वरूप तपाईंको टाइपिङ स्पीड, शुद्धता र तपाईंलाई टाइपिङ गर्न लागेको समय पनि समावेश गरिएको छ। वास्तवमा यदि तपाईं आफ्नो टाइपिङ जिरो लेभलबाट सुरु गर्न चाहनुहुन्छ हुन्छ र आफू टाइपिङमा दक्ष, परिपक्व बन्न चाहनुहुन्छ भने यो तपाईंका लागि एकदमै उपयोगी हुनेछ ।