गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षणमा सफल भएको व्यक्ति
अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति
विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति* रोजगार आवेदकले आवदन दिनु भन्दा अगावै पासपोर्ट बनाएको हुनुपर्छ
रोजगार आवेदन प्रक्रिया
गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको आवेदन फाराम भरेर सम्वन्धित निकायमा पेश गर्ने
रोजगार आवेदनगर्ने अवधि
कोरियन भाषा परीक्षा पासगरेको प्रमाण पत्रको बहाल अवधि (२वर्ष) भित्र सम्वन्धित मुलुकको तोकिएको निकायमा आवश्यक कागजात सहित पेश गर्ने
कोरियन भाषा परीक्षा पासगरेको प्रमाण पत्रको म्याद (२वर्ष) नाघेको खण्डमा पूनः कोरीयन भाषा परीक्षामा सामेलभई सो परीक्षा पास गर्नु पर्ने छ
रोजगार आवेदन बहाल रहने अवधि : प्रमाणित गरेको मितिले १ वर्ष सम्म हुनेछ। तर कोरियन भाषा परीक्षाको नतिजा बहाल अवधि भित्र आवेदन दर्ता गरि रोजगारीको अवसर प्राप्त नभएर १ वर्षको बहाल अवधि समाप्त भएपनि पूनः रोजगार आवेदन गर्न सकिनेछ ।
ध्यान दिनु पर्ने कुराहरु
आवेद रोजगार अनुमति प्रणाली भनेको रोजगार दाताले कामदार सूचिबाट आवश्यक कामदार छनौट गर्ने प्रक्रिया भएकोले रोष्टरमा रहंदैमा १००% रोजगारको ग्यारेण्टी भने हुने छैन ।