Questions ?    01- 4596122

Cambridge Korean Language Center

  •   02 Jan, 2023
  •   Cambridge

Cambridge Korean Language Center

Cambridge Korean Language Center

Cambridge Korean Language Training Center तपाईहरुलाई जानकारी गराउन चाहान्छन कि Employment Permit System (EPS) अन्तर्गत सन् २००८ देखि १ लाख ६ हजार नेपाली रोजगारीको लागि दक्षिण कोरिया पुगेका छन्। रोजगारीको ५ वर्ष कटेपछि पाउने राष्ट्रिय पेन्सन बिमा "खुकमिन एनगुम" अन्तर्गत अन्य केही देशबाट आएका कामदारले सुविधा पाइरहेका छन्। जस अन्तर्गत एक कामदारले औसतमा १२ लाख पाउछन। EPS अन्तर्गत दक्षिण कोरियामा रहेका नेपालीले पनि यो सुविधा पाउन, श्रम मन्त्रालयले दुई पक्षबिच सम्झौता गर्न आवश्यक छ। 

रोजगार आवेदन

रोजगारका लागि आवेदकको योग्यता

  • १८ वर्ष पुरा गरि ४० बर्ष ननाघेको व्यक्ति

  • कोरियन भाषा परीक्षा पास गरेका व्यक्ति

  • गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षणमा सफल भएको व्यक्ति

  • अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति

  • विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति* रोजगार आवेदकले आवदन दिनु भन्दा अगावै पासपोर्ट बनाएको हुनुपर्छ

रोजगार आवेदन प्रक्रिया

  •  
    • गणतन्त्र कोरिया सरकारले निर्धारण गरेको आवेदन फाराम भरेर सम्वन्धित निकायमा पेश गर्ने
  • रोजगार आवेदनगर्ने अवधि
  •  
    • कोरियन भाषा परीक्षा पासगरेको प्रमाण पत्रको बहाल अवधि (२वर्ष) भित्र सम्वन्धित मुलुकको तोकिएको निकायमा आवश्यक कागजात सहित पेश गर्ने
    • कोरियन भाषा परीक्षा पासगरेको प्रमाण पत्रको म्याद (२वर्ष) नाघेको खण्डमा पूनः कोरीयन भाषा परीक्षामा सामेलभई सो परीक्षा पास गर्नु पर्ने छ
    • रोजगार आवेदन बहाल रहने अवधि : प्रमाणित गरेको मितिले १ वर्ष सम्म हुनेछ। तर कोरियन भाषा परीक्षाको नतिजा बहाल अवधि भित्र आवेदन दर्ता गरि रोजगारीको अवसर प्राप्त नभएर १ वर्षको बहाल अवधि समाप्त भएपनि पूनः रोजगार आवेदन गर्न सकिनेछ ।
  • ध्यान दिनु पर्ने कुराहरु
  •  
    • आवेद रोजगार अनुमति प्रणाली भनेको रोजगार दाताले कामदार सूचिबाट आवश्यक कामदार छनौट गर्ने प्रक्रिया भएकोले रोष्टरमा रहंदैमा १००% रोजगारको ग्यारेण्टी भने हुने छैन ।

 

प्रवासी मजदुर निर्धारण र छनौट प्रक्रिया

 

1.प्रवासी मजदुरको संख्या र देश छनौट गर्ने सम्वन्धी निति निर्धारण
 

  • प्रवासी मजदुर निति निर्धारण विभाग (प्रधान मन्त्रिको कार्यालय) ले निर्धारण गर्ने । (प्रवासी मजदुरको संख्या, कार्य क्षेत्र, देश छनौट र प्रवासी मजदुर सम्वन्धि महत्वपूर्ण कार्य गर्नेछ । )

2.कामदार पठाउनका लागि दुई देश विच सम्झौता (MOU) सम्पन्न (कामदार माग गर्ने देशको सरकार र कामदार पठाउने देशको सरकार)
 

  • कामदार पठाउने क्रममा भ्रष्टचार रोक्न र छनौट प्रक्रियाको लागि दुई देश विच सम्झौता ।
  • समय समयमा सम्झौताको कार्यान्वयन सम्वन्धि मुल्याङकन गरेर नविकरण गर्ने सम्वन्धमा निर्धारण गर्ने

3.रोजगार चाहने प्रवासी मजदुरको रोजगार आवेदन सूचि तयार गर्ने (कामदार पठाउने सरकार र कामदार माग गर्ने सरकार )
 

  • कामदार पठाउने देशको सरकार (सरकारी निकाय)ले कोरियन भाषा, सिप परिक्षण अनुभव आदिको नतिजा हेरेर आवश्यक कामदार (माग भएको संख्या भन्दा केहिगुणा बढि) छनौट गरिनेछ ।
  • कामदार पठाउने देशको सरकारले रोजगार सूचि तयार गरेर पठाएपछि कोरिया मानव श्रोत विकास केन्द्रले निर्धारण गर्नेछ ।

4.प्रवासी मजदुरको छनौट र रोजगार अनुमति वितरण (रोजगार दाता र श्रम मन्त्रालय )
 

  1. स्वदेशी मजदुरलाई रोजगारीको अवसर तथा संरक्षण गर्नका लागि रोजगार दाताले रोजगार समन्वय केन्द्रबाट स्वदेशी कामदारलाई रोजगार दिलाउनका निम्ति ३ दिन देखि ७ दिन सम्म समय दिएर सो अवधि सम्ममा पनि स्वदेशी कामदार नपाएमा रोजगार अनुमतिका लागि आवेदन गर्न सक्ने व्यावस्था गरिएकोछ ।
  2. रोजगार समन्वय केन्द्रले रोजगार सूचिबाट सो स्थानमा रोजगारकालागि योग्य प्रवासी मजदुर तेव्बर संख्यामा पठाइने व्यावस्था छ ।
  3. रोजगार दाताले माथि उल्लेखित कामदार मध्येबाट आफुलाई सुहाउंदो कामदारको छनौट गरि सो कामदारको रोजगार अनुमति लिने व्यावस्थाछ ।

5.श्रम सम्झौता सम्पन्न (रोजगार दाता र प्रवासी मजदुर )
 

  1. रोजगार दाताले छनौट गरेका प्रवासी मजदुरलाई रोजगार सम्झौता पत्रमा उल्लेख भए अनुसार सम्झौता सम्पन्न गर्ने (पारीश्रमिक, काम गर्ने समय, विदा, काम गर्ने ठाउं, श्रमको अवस्था र कामगर्ने अवधि)

6.भिषा कन्फरमेसन क्रम लिने (रोजगार दाता र कानून मन्त्रालय )
 

  1. रोजगार दाताले रोजगार अनुमति पत्र, रोजगार सम्झौता पत्र आदि समावेस गरेर कानून मन्त्रालयबाट भिषा कन्फरमेशन नम्वर लिनेछन ।

7.प्रवासी मजदुरको प्रवेश (रोजगार दाता र प्रवासी मजदुर )
 

  1. रोजगार दाताले प्रवासी मजदुरलाई भिषा कन्फरमेसन नम्वर पठाउने, प्रवासी मजदुरले भने सम्वन्धित मूलुकमा रहेको दुतावासबाट भिषा लिई प्रस्थान गर्ने ।
  2. कोरियामा प्रवेस गरेका प्रवासी मजदुरले (२० घण्टा भन्दा बढि) अभिमुखिकरण तालिम लिएको हुनुपर्ने छ ।

8.प्रवासी मजदुरको रोजगार व्यावस्थापन (श्रम मन्त्रालय) र प्रवासी मजदुरको कोरिया बसाइ् व्यावस्थापन (कानून मन्त्रालय)
 

  1. प्रवासी मजदुरले काम गरेको कम्पनी निरिक्षण गर्ने (श्रम मन्त्रालय)
  2. प्रवासी मजदुरले आवश्यक परामर्श, निशुल्क शिक्षा दिलाउने (श्रम मन्त्रालय, मानव श्रोत संसाधन विभाग, सम्वन्धित कार्यक्षेत्रका संस्थां)
  3. कम्पनि बिदा, बन्द, पारीश्रमिक नपाउंदा आदि विषेश परिस्थितिमा रोजगार स्थान परिवर्तन स्विकृति गर्ने (श्रम मन्त्रालय)
  4. अध्यागमन सम्वन्धमा कानून मन्त्रालय र श्रम मन्त्रालयले समन्वय गरेर कडाईका साथ व्यावस्थापन गरिने छ ।

रोजगार प्रक्रिया : कोरियन भाषा परीक्षा

कोरियन भाषा परीक्षाको लागि योग्यता

  1. १८ वर्ष पुरा गरि ३९ बर्ष ननाघेको व्यक्ति ।
  2. अपराधिक गतिविधिमा संलग्न नभएको व्यक्ति ।
  3. विगतमा गणतन्त्र कोरियाबाट बर्हिगमन नभएको व्यक्ति ।
  4. आफ्नो देशबाट विदेश जान रोक नलगाइएको व्यक्ति ।
  5. दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने व्यक्ति ।

कोरियन भाषा परीक्षा संचालन

  1. हरेक देशको बांकि रहेका कामदार सूचि बहाल संख्या र कामदारले रोजगारी प्राप्त गर्ने अवस्थालाई हेरेर परीक्षा संचालन गरिने छ ।
  2. अग्रिम सूचना मार्फत परीक्षा लिने सम्वन्धी सम्पूर्ण जानकारी गराईने छ ।

कोरियन भाषा परीक्षाको प्रश्न

  1. सुनाई २५ प्रश्न
  2. पढाई २५ प्रश्न
  3. जम्मा ५० प्रश्न ( परीक्षा समय जम्मा ७० मिनेट)
  4. कोरियन भाषा परीक्षा सार्वजनिक प्रश्न पूस्तक : डाउनलोडको लागि (http://eps.hrdkorea.or.kr)
  5. कोरियन भाषा परीक्षा नतिजा प्रकाशन गर्ने तरिका
  6. परीक्षा लिए पश्चात तोकिएको मितिमा वेबपेज मार्फत प्रकाशित गरिने छ । (वेबपेज ठेगाना : http://eps.hrdkorea.or.kr र http://epsklt.hrdkorea.or.kr)
  7. वेबपेज सम्वन्धित देशको सम्वन्धित निकायको सूचनापेटीमा राखिने छ ।

पास गर्ने अंक : ८० नम्वर भन्दा माथि (२०० पूडाङ्क) धेरै मार्क ल्याउने संख्याको आधारमा उक्त देशमा पास गर्ने संख्या निर्धारण गरिने छ ।

भाषा पास बहाल अवधि : भाषा नतिजा प्रकाशन गरेको मितिले २ वर्ष हुनेछ ।

  1. अन्य जानकारी :
  2. कोरियन भाषा परीक्षामा पास हुनु भनेको रोजगार आवेदन भर्नलाई योग्य मानिनेछ तर गणतन्त्र कोरियामा रोजगारीको ग्यारेण्टी भने हुने छैन् ।

http://epsnepal.org/assets/media/selection_process_np.jpg

रोजगार सम्झौता पत्र

रोजगार सम्झौता पत्र

  1. रोजगार दाता र कामदार विचमा रोजगार सम्झौता सम्पन्न भएको पत्र मान्य हुनेछ ।
  2. रोजगार सम्झौता विषय
  3. रोजगार सम्झौता अवधि
  4. रोजगार गर्ने स्थान, रोजगार गर्ने क्षेत्र सम्वन्धि विवरण
  5. रोजगार गर्ने समय, आराम गर्ने समय, विदा सम्वन्धि विवरण
  6. पारीश्रमिक सम्वन्धी, पारीश्रमिक दिने मिति, तरिका सम्वन्धि विवरण
  7. यस बाहेक प्रवासी मजदुर संग समन्वय गरेर निर्धारण गर्न श्रम क्षेत्र आदिको विवरण
  8. तयारी अवधिको रुपमा बढिमा ३ महिना सम्म गर्न सकिनेछ । यो समय कामदारले कोरियामा काम शुरु गरेको दिन बाट गणना गरिने छ । यस अवधिमा न्युनतम पारीश्रमीकको १०५ घटाएर पारीश्रमिक दिन सक्ने व्यावस्था गरिएको छ ।
  9. रोजगार सम्झौताको शुरुवात कामदार कोरियामा प्रवेश गरेको दिनबाट शुरु हुनेछ ।

रोजगार सम्झौता गर्ने तरिका

  1. गणतन्त्र कोरियाको रोजगार दाताले छनौट गरेका प्रवासी मजदुरको बारेमा एच. आर. डि. कोरियाबाट रोजगार सम्झौता सम्वन्धित मुलुकको ईपिएस कार्यालयमा पठाइने छ ।
  2. सम्वन्धित मुलुकको ईपिएस कार्यालयले सम्वन्धित कामदारलाई रोजगार सम्झौता सम्वन्धमा जानकारी गराई सम्झौता गरे नगरेको बारेमा एच. आर. डि कोरियामा जानकारी गराउने ।


रोजगार सम्झौता गर्दा ध्यान दिनुपर्ने कुराहरु

  1. रोजगार सम्झौता पश्चात प्रवासी मजदुरको कारणले रोजगार सम्झौता बदर भएमा उक्त कामदारले १ वर्ष सम्मका लागि रोजगार आबेदन गर्नबाट बन्चित गरिनेछ ।
  2. रोजगार सम्झौतामा सहमत नभै रोजगार सम्झौता गर्न नचाहेमा १ पटकको लागि मात्र सो अवसर दिने तर २ पटक भन्दा बढि रोजगार सम्झौता गर्न सहमत नभएमा १ वर्ष सम्मका लागि रोजगार आबेदन गर्नबाट बन्चित गरिनेछ ।

गणतन्त्र कोरिया प्रवेश

  1. सर्टिफिकेट अफ भिषा कन्फरमेशन (CCVI)
  2. गणतन्त्र कोरियाका रोजगार दाता संग रोजगार सम्झौता सम्पन्न गरेका प्रवासी मजदुरका सम्वन्धमा भिषा कन्फरमेसनका लागि आबेदन दिएर गणतन्त्र कोरिया कानुन मन्त्रालयबाट जांचबुझ पश्चात भिषा कन्फरमेशन उपलव्द गराईनेछ ।
  3. गणतन्त्र कोरिया प्रवेश मिति निर्धारण
  4. सर्टिफिकेट अफ भिषा कन्फरमेशन प्राप्त गरेका प्रवासी मजदुरको सम्वन्धमा एच. आर.डि कोरियाले निर्धारण गरेको प्रवेश मितिमा हवाई टिकट मिलाएर प्रश्थानका लागि तयारी गर्ने ।
  5. गणतन्त्र कोरिया प्रवेश मिति निर्धारण गरिसकेका प्रवासी मजदुरले प्रश्थान पूर्व गणतन्त्र कोरिया रोजगार दाता संग सम्पन्न गरेका रोजगार सम्झौता पत्र र स्वास्थ्य प्रमाण पत्र आदि तयारी गर्ने ।
  6. गणतन्त्र कोरिया प्रवेश र रोजगार प्रशिक्षण
  7. गणतन्त्र कोरिया प्रवेशको समयमा सम्वन्धित मलुकको ईपिएस कार्यालयले प्रदान गरेको युनिफम र नेम ट्याग लगाएर कोरिया प्रवेश गर्नु पर्नेछ ।
  8. एच. आर.डि कोरियाले निर्धारण गरेको मितिमा प्रवेश गरेका प्रवासी मजदुरले एच. आर.डि कोरियाको सुझाब अनुसार आगमन प्रक्रिया पुरा गरेर रोजगार प्रशिक्षण केन्द्रमा जानेछन।
  9. प्रवासी मजदुरले गणतन्त्र कोरियामा प्रवेश गरे पश्चात २० घण्टा (२ रात ३ दिन) रोजगार प्रशिक्षण तालिममा समावेश हुने छन् ।

अभिमुखिकरण तालिम

अभिमुखिकरण तालिम लिनुपर्ने व्यक्ति

  1. गणतन्त्र कोरियाका रोजगारदाता संग रोजगार सम्झौता सम्पन्न गरेका व्यक्ति

अभिमुखिकरण तालिमको अवधि

  1. तयारी अवस्था नतोकिएका कामदारका सम्वन्धमा भने ४५ घण्टा तालिम लिनुपर्ने छ

अभिमुखिकरण तालिम विषय

  1. कोरियन भाषा
  2. कोरियको संस्कृतिको परिचय
  3. कोरियको रोजगार अनुमति प्रणालीको परिचय
  4. कम्पनि शुरक्षा तथा साधारण शिक्षा
  5. कार्य स्थान सम्वन्धि शिक्षा

अभिमुखिकरण तालिम केन्द्र

  1. कामदार पठाउने देशले सरकारी बजेटमा संचालन गरिएको, सरकारी निकायको संरक्षणमा रहेको सरकारी प्रशीक्षण केन्द्रमा संचालन गरिनेछ
  2. कामदार पठाउने देशले तोकेको प्रशीक्षण केन्द्र र गणतन्त्र कोरिया श्रम मन्त्रालयलाई मान्य हुने प्रशिक्षण संस्था हुनु पर्ने छ

 

कृषि र पशु व्यावसाय कार्य क्षैत्र

  1. परिभाषाः
    • अन्न वाली उत्पादन गर्नु र पशु र कृषिजन्य व्यावसायलाई व्यावसायिक रुपमा पर््रवर्द्धन गर्ने प्रकृया नै कृषि व्यावसाय हो। जस्मा कृषि शिक्षा र तालिम प्राप्त कृषकहरुबाट कृषिमा विकास गरिन्छ ।
  2. पेशगत विवरणः
    • विदेशी कामदारहरुलाई सामान्य कार्य जस्तै कृषि उत्पादन जस्ता कार्यमा लगाईन्छ ।
      • अन्न उत्पादनः बगैचा, च्याउ, फलफूल उत्पादन, सागपात, विउ उत्पादन आदि जस्ता कार्यहरु ।
      • पशु व्यवसायः गाई वाच्छा सुंगुर, घोडा , कुखुरा आदि स्याहार जस्ता कार्यमा लगाईन्छ ।
      • कृषि सेवाः कृषि उत्पादन छान्नु , सुकाउनु अथवा सम्बन्धीत सुविधाको कार्यहरु
  3. कार्य समयः
    • कृषि क्षेत्रको कार्यसमय उत्पादनमूलक क्षेत्रको भन्दा पृथक हुन्छ । त्यसैले सो सम्बन्धमा श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्दा सम्झौता पत्र राम्ररी अध्ययन गर्नु होला ।
      • कार्य समय ः ९.०० - १८.०० -एक घण्टा छुट्टीको समय)
      • अपवाद ः कृषि क्षेत्रमा प्रत्येक कम्पनीको कार्य समय भने फरक फरक हुने गर्दछ ।
  4. पारिश्रमिकः
    • न्यूनतम पारिश्रमिक श्रम ऐन अनुसार हुनेछ । तर, अतिरिक्त समय, रातको काम र विदाको दिनमा गर्ने कामको भुक्तानी भने कम्पनीसंग सम्झौता गरे वमोजिम निर्धारण हुनेछ ।
  5. अन्यः
    • कृषि क्षेत्रका धेरै जसो कम्पनीहरुको खाना र बस्ने व्यवस्था निशुल्क गर्दछन् । तर, प्रत्येक कम्पनीको कार्य अवस्था भने फरक फरक हुने गर्दछ, त्यसैले श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्दा सम्झौता पत्र राम्ररी अध्ययन गर्नु होला ।

उत्पादन मुलक क्षेत्र

  1. परिभाषाः
    • कृषि र मत्स्यपालन आदि क्षेत्रबाट प्राप्त कच्चा पदार्थलाई प्रयोगमा ल्याउन सकिने गरि नयां रुप दिई उत्पादन गर्ने कार्य भन्ने बुझिन्छ ।
  2. कामको विवरण
    • प्रवासी मजदुरले विषेश गरि खाना सम्वन्धि पदार्थ, सर्ुर्ती जन्य पदार्थको उत्पादन, काठबाट बन्ने वस्तु, कागज, काजगबाट बन्ने बस्तुको उत्पादन, केमिकल पदार्थ, तेलजन्य पदार्थ, जुट उत्पादन, प्लाष्टिक, मेसिनरी पाटपर्ूजा उत्पादन र अन्य उत्पादनमुलक क्षेत्रमा श्रम गर्ने व्यावस्था गरिएको छ ।
  3. रोजगार गर्ने अवधि
    • उत्पादनमुलक क्षेत्रमा रोजगार समय ९ः००~ १७ः०० तथा यो समय भन्दा अतिरित्त १ देखि ३ घण्टा जति काम गनुपर्ने छ । यस सम्बन्धमा अन्य विस्तृत जानकारीका लागि श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्दा सम्झौता पत्र राम्ररी अध्ययन गर्नु होला
  4. पारीश्रमिक (तलव)
    • न्यूनतम पारिश्रमिक श्रम ऐन अनुसार हुनेछ । तर, अतिरिक्त समय, रातको समय र विदाको दिनमा कामको भुक्तानी भने कम्पनीसंग सम्झौता गरे वमोजिम गरिने छ ।
  5. अन्यः
    • खाना, बस्न र तलब भुक्तानी मिति प्रत्येक कम्पनीको नियम अनुसार फरक फरक हुनेछ । सो सम्बन्धमा श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्दा सम्झौता पत्र राम्ररी अध्ययन गर्नु होला ।